Kathmandu Press

नीति र विधिअनुसार अगाडि बढौँ : मन्त्री विष्ट

कर्णाली, चैत ८ : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र नेतृत्वबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताएका...
नीति र विधिअनुसार अगाडि बढौँ : मन्त्री विष्ट

कर्णाली, चैत ८ : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले मुलुकको विकास र समृद्धिका लागि कर्मचारी र नेतृत्वबीच अकाट्य सम्बन्ध हुनुपर्ने बताएका छन्। 

राष्ट्रिय कर्मचारी महासङ्घ कर्णाली प्रदेश समितिको ‘प्रथम बैठक’ को उद्घाटन गर्दै उहाँले कर्मचारीको अवस्थामा नेतृत्वको चासो रहनुपर्ने बताए। ‘हामी आ–आफ्नो भूमिकाको समीक्षा गरौँ । नीति र विधिमा टेकेर मात्र अगाडि बढौँ”, उनले भने, ‘अब पार्टी सङ्गठन निर्माण व्यवस्थित हुने कार्य सुरु हुन्छ।’

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समिति अध्यक्ष एवं पूर्वकृषिमन्त्री विमला केसीले राष्ट्रिय राजनीति नै माओवादीको एजेण्डामा रहेको जिकिर गरे । ‘माओवादीको नीति, विचार र एजेण्डामा सिङ्गो मुलुक हिँडेको छ,’ उनले भन्नुभयो, “नेतृत्व माओवादीको नहुँदा मुलुक आज समस्यामा छ।’ कर्मचारी प्रशासनसम्बन्धी कस्तो नीति हुने भन्ने विषयमा आवश्यक छलफल हुन जरुरी रहेको उनको भनाइ छ । 

अध्यक्ष केसीले सङ्गठनको नाममा बाठाकै रजाइ भएको टिप्पणी गर्दै अरुले जे गर्छन् त्यही गर्ने शैलीले माओवादी फरक हुन नसक्ने बताए। सरकारलाई सफल बनाउन र राज्यले अख्तियार गरेका नीति कार्यान्वयनमा कर्मचारीको महत्वपूर्ण भूमिका रहेको अध्यक्ष केसीको भनाइ छ। 

केन्द्रका सचिव धनजित शाहीले कर्मचारी र पार्टी संगठनबीचको सम्बन्ध जीवित रहने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा महासङ्घका कर्णाली प्रदेश इञ्चार्ज कटकबहादुर महतले प्रतिवेदन प्रस्तुत गरे। महासङ्घका सहसंयोजकद्वय मोहनमान स्वाँर र मणिरत्न श्रेष्ठलगायतले मन्तव्य राख्नुका साथै महासङ्घका विभिन्न जिल्लाका अध्यक्ष तथा सदस्यले आ–आफ्ना समस्या, जिज्ञासा र प्रश्न राखेका थिए।  

प्रकाशित मिति: १६:०१ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्