Kathmandu Press

नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

लमजुङ, चैत ८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताएका छन्। देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय...
नेता पौडेलद्वारा चर्दीखोला मोटरेबल पुलको शिलान्यास

लमजुङ, चैत ८ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि राजनीति गर्न नहुने बताएका छन्। देश विकासको सवालमा जनतादेखि राजनितिक दल, स्थानीय सरकारदेखि सङ्घीय सरकार सबै एकजुट भएर अघि बढेमा विकास निर्माणले ठूलो फड्को मार्ने उनको भनाइ छ ।

लमजुङ मध्यनेपाल नगरपालिका–३ सूर्यपाल र वडा नंं ४ चर्दीरम्घा जोड्ने चर्दीखोला मोटरेबलको पुलको आज यहाँ शिलान्यास गर्दै उनले गाउँगाउँबाट रोजगारीका लागि गाउँ छाड्नेक्रम बढेर गाउँघर रित्तिँदै गएकाले गाउँघरमै रोजगारीको सिर्जना गरी गाउँ विस्थापित हुनबाट जोगाउनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा आवश्यकताको आधारमा गठबन्धन हुनसक्ने धारणा व्यक्त गरे।

Hardik ivf

एमसिसी सुन्ने बित्तिकै विरोध गर्ने जनताले पनि विस्तारै देशको हितमा राम्रो नै रहेछ भनेर बल्ल बुझ्न थालेकाले विरोध गर्न छाडेको वरिष्ठ नेता पौडलले बताए । मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले चर्दी खोलामा हालसम्म पनि मोटरेबल पुल नहुँदा बर्खायाममा सवारी साधन सञ्चालन हुन नसक्दा विभिन्न समस्या रहँदै आएको बताए।  नगरपालिकाको आफ्नै लगानीमा अघि बढेको यस पुलले अब ती समस्याको समाधान गर्ने नगरप्रमुख पाण्डेको भनाइ थियो । 

ब्यास मार्गमा पर्ने सो पुल निर्माण हुन लागेपछि स्थानीय हर्षित भएका छन् । डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरी केबीसीप्रसाद जेबी भरतपुर चितवनले निर्माणको जिम्मा लिएको नगरपालिकाका इन्जिनियर उत्तम सुवेदीले बताए । उनले भने, ‘२० मिटर लम्बाइ र सात मिटर चौडाइ रहने पुल नगरपालिकाको रु दुई करोड २६ लाख लागतमा सम्पन्न हुनेछ।’ 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्