Kathmandu Press

वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ : घनश्याम भुसाल 

काठमाडौं, चैत ८ : नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन्। मंगलबार...
वाम एकताको नेतृत्व एमालेले गर्नुपर्छ : घनश्याम भुसाल 

काठमाडौं, चैत ८ : नेकपा एमालेका नेता घनश्याम भुसालले मुलुकलाई निकास दिनका लािग बाम एकताको खाँचो रहेको र यसको नेतृत्व एमालेले गर्नुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै भुसालले वाम एकता स्थिरतासँग सम्बन्धित रहेकाले पार्टीको बिभिन्न बैठकमा आफुले वाम एकताको कुरा गरेको समेत बताए। उनले यसअघि नेकपामा रहेर तीन पार्टीमा बिभाजन भएको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच वैचारिक र सैद्धान्तिक समस्या नरहेको धारणा पनि राखे । 

अहिले कम्युनिष्ट आन्दोलन अप्ठेरोमा रहेकाले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिएको उहाको भनाई छ । त्यस्तै उहाले आगामी निर्वाचनमा तीन पार्टीले चुनावमा आफ्नो हैसियत अनुसारको नतिजा ल्याउने निश्चित रहेकाले तीन पार्टी एक भयो भने सबैभन्दा ठूलो दल बन्न सक्ने तर्क गरे। 

उनले कम्युनिस्ट दल एक हुँदा केहि व्यक्तिको हैसियत गुम्ने भएकाले यसको बिरोध गरिएको पनि बताए। 

प्रकाशित मिति: १४:२३ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्