करिश्मा मानन्धर एमालेमा प्रवेश
काठमाडौं, चैत ८ : अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्। मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन्। उनीसहित...
काठमाडौं, चैत ८ : अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकी छन्।
मंगलबार काठमाडौंमा आयोजित एक समारोहका बीच अभिनेत्री मानन्धर एमालेमा प्रवेश गरेकी हुन्। उनीसहित लोकतान्त्रिक समाजवादीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य नाम्गेल शेर्पा पनि एमाले प्रवेश गरेका छन्।
त्यस्तै पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी पनि नेकपा एमालेमा समाहित भएको छ। उनीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे।
प्रकाशित मिति: १४:१९ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











