Kathmandu Press

संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित हुँदैन : घनश्याम भुसाल 

काठमाडौं, चैत ८ : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताएका छन्। मंगलबार पत्रकारहरुसँग कुरा...
संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित हुँदैन : घनश्याम भुसाल 

काठमाडौं, चैत ८ : नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको पक्षपोषण गर्नु एमालेका लागि उचित नहुने बताएका छन्। मंगलबार पत्रकारहरुसँग कुरा गर्दै नेता भुसालले संसद विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताएका हुन्।

सर्वोच्च अदालतले संसद विघटन गलत थियो भनिसकेको अवस्थामा अदालतकै निर्णय गलत छ भनेर जाँदा संविधान भत्कन सुरु हुने उनले बताए। 

‘अब पनि फेरि संसदको यस खालको विघटनहरु ठीक छ भनेर जानुको अर्थ सोझासोझी अस्थिरताको पक्षमा हिँड्नु हुन्छ’ उनले भने, ‘जुन काम नेकपा एमाले, यति जिम्मेवार पार्टीको तर्फबाट हामीले गर्नुहुन्न, गर्दैनौं ।’

 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्