‘भारतीय प्रधानमन्त्रीज्यू, आइन्दा बुद्धलाई भारतीय नभनियोस्’
काठमाडौं, असोज १३ : नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई ....
काठमाडौं, असोज १३ : नेकपा (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई बुद्ध दिएको भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
महासचिव किरणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०१९ सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतका प्रधानमन्त्रीद्वारा प्रस्तुत भाषणमा भारतले विश्वलाई बुद्ध दिएको छ भन्ने आपत्तिजनक वाक्यांश प्रयोग गरिएकोमा हामी त्यसको दृढ विरोध गर्दछौं ।’
महासचिव किरणले भनेका छन्, ‘नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्ध भारतीय नभएर नेपाली नै रहिआएको कुरा अवगत हुँदाहुँदै उनलाई भारतीय बनाउन खोज्नु नित्तान्त गलत भएको बेहोरा स्पष्ट गर्न चाहन्छौँ ।’
वक्तव्यमा किरणले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्रीसित अनुरोध गरेका छन् ।






