गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसरमा शान्तिबाटीकामा दीप प्रज्वलन
काठमाडौं, चैत ८ : गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा नेविसंघले काठमाडौंको शान्तिबाटीकामा दिप प्रज्वलन गरेको छ । कार्यक्रममा कांग्रेसका नेता शशांक कोईराला...
काठमाडौं, चैत ८ : गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवसका अवसरमा नेविसंघले काठमाडौंको शान्तिबाटीकामा दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा कांग्रेसका नेता शशांक कोईराला लगाएतले गिरिजाप्रसाद कोइरालाको तस्वीरमा माल्यार्पण गर्दै नेपालको राजनीतिमा उनको योगदानको चर्चा गरेका थिए । कांग्रेस नेता कोईरालाले पार्टी र देशलाई बलियो बनाउन गिरिजाप्रसाद कोइरालाले योगदान गरेको बताए।
२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूर्ण कालखण्डमा गिरिजाप्रसाद कोइरालाका भूमिका महत्त्वपूर्ण छ।
पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो।
प्रकाशित मिति: १३:१७ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











