Kathmandu Press

मन्त्रिमण्डल हेरफेरको सम्भावना छ, हैसियतअनुसारको मन्त्रालय मागेका छौं : प्रचण्ड 

काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको बताएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिमण्डल...
मन्त्रिमण्डल हेरफेरको सम्भावना छ, हैसियतअनुसारको मन्त्रालय मागेका छौं : प्रचण्ड 

काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल हेरफेरको सम्भावना रहेको बताएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रिमण्डल हेरफेरको कुरा भएपनि औपचारिक रुपमा निर्णय नभइसकेको बताएका हुन्। 

‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको भने छैन, सम्भावना चाहीँ छ,’ पत्रकारहरुसँग प्रचण्डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना पनि रहन्छ । केही नयाँ आउने सम्भावना पनि छ।’

प्रचण्डले मन्त्रिमण्डल हेरफेर भएको अवस्थामा माओवादी केन्द्रले हैसियतअनुसारको मन्त्रालय माग्ने बताएका छन्। उनले गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको बताउँदै अब हेरफेर हुने मन्त्रिमण्डलमा सोही अनुसारको मन्त्रालय पाउनुपर्ने बताएका छन्। यसमा प्रधानमन्त्री देउवा पनि सहमत रहेको उनले बताए।

 
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले चुनावी परिणामका लागि गठबन्धन नगरेको बताएका छन्। ‘माओवादी केन्द्र आफ्नै तागतमा चुनावमा लड्छ, हेर्नुभयो भने त्यहीअनुसारको अभियान पनि चलिरहेको छ,’ उनले भने। यद्यपि गठबन्धनलाई पनि संगै लैजानुपर्ने कुरामा सहमत रहेको बताए। 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्