Kathmandu Press

बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं, चैत ८ : बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज...
बागमती प्रदेशसभा बैठक आज बस्दै

काठमाडौं, चैत ८ : बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए। 

उनका अनुसार सो विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन् । बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन् । जसमा नेकपा (एमाले)का ४३, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकीकृत समाजवादी)का १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सदस्य छन्। 

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्