Kathmandu Press

काठमाडौंमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवस शिलान्यास गरिँदै

काठमाडौं, असोज १३ : सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि स‌ंघीय राजधानी काठमाडौंमा आवस निर्माण हुने भएको छ। त्यसको आज प्रधानमन्त्री केपी शर....

काठमाडौंमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवस शिलान्यास गरिँदै
शहरी विकास तथा भवन निर्माण विभाग

काठमाडौं, असोज १३ : सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि स‌ंघीय राजधानी काठमाडौंमा आवस निर्माण हुने भएको छ। त्यसको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्न लागेका छन्।

ललितपुरको सैंबु भैंसेपाटीमा निर्माण गर्न लागिएको आवस भवन सुविधासम्पन्न हुनेछ। यो २७ रोपनी १२ आना क्षेत्रफलमा निर्माण हुनेछ। जसमा सात ब्लकमा १४ कोलोनी निर्माण गरिने जनाएको छ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार, प्रत्येक भवन साढे दुई तलाका हुनेछन्। यसमा एक अर्ब रुपैयाँ लाग्ने विभागले स्टमेट बनाएको छ।

यसको निर्माणको जिम्मा केसी समानान्तर जेभी कन्स्ट्रक्सनले पाएको छ। सो कम्पनीले ७२ करोड ४८ लाख रुपैयाँमा निर्माण प्रस्ताव पेस गरेको थियो।

प्रदेश प्रमुख र मुख्यमन्त्रीले संघीय राजधानी काठमाडौं आइराख्नु पर्ने भएकाले सम्पर्क कार्यालयका रुपमा यि भवन प्रयोग हुने जनाएको छ। यि भवनमा प्रतीक्षालय कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय भईतलामा रहनेछन्।

त्यस्तै, पहिलो तलामा बैठक कक्ष, योग कोठा, मुख्यमन्त्री र प्रदेश प्रमुखको सुत्ने कोठा हुनेछ। दोस्रो तलामा भने भान्सा कोठा, पाहुना कोठा, परिवारका सदस्य सुत्ने कोठा र पूजा कोठा बनाइने विभागले जनाएको छ।

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्