Kathmandu Press

पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

चितवन, चैत ८ : पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही चैत ९ देखि १२ गतेसम्म चितवन उद्योग सङ्घले...
पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

चितवन, चैत ८ : पाँचौँ राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।  यही चैत ९ देखि १२ गतेसम्म चितवन उद्योग सङ्घले स्थापना गरेको प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर)मा प्रदर्शनी हुन लागेको हो ।

‘कृषि यान्त्रीकरणमा वृद्धि व्यावसायिक कृषि विकास र समृद्धि’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको प्रदर्शनीमा १५० वटा स्टल रहने छन् । विसं २०७० बाट सुरु भएको यस प्रदर्शनीको पाँचौँ संस्करणमा ५२ वटा कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिहरू, २० भन्दा बढी मुलुकमा उत्पादित दुई हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिको प्रदर्शनी गरिने यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । नेपाल कृषि मेसेरेनरी व्यवसायी सङ्घको आयोजनामा हुनेमा प्रदर्शनीमा एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Hardik ivf

सङ्घका अध्यक्ष खोजराज कटुवालका अनुसार प्रदर्शनीमा रु २० करोड बराबरको कारोबार हुने जनाइएको छ । प्रदर्शनीमा कृषि यान्त्रीकरण प्रवद्र्धनसम्बन्धी गोष्ठी, सेमिनार, मेड इन नेपाल प्याभिलियन र कृषि कर्जा मेलाजस्ता कार्यक्रम गरिने उनले जानकारी दिए। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ। 

प्रदर्शनीबाट एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरणयन्त्र तथा सेवाका बारे जानकारी गराउने, नीति निर्माता पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालालाई कृषियन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने मुख्य उद्देश्य रहेको छ। 

कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पु¥याउने अध्यक्ष कटुवालले जानकारी दिए। लगानीको अवसर सिर्जना गर्न प्रदर्शनी सफल हुने उनको भनाइ छ। 

प्रकाशित मिति: १०:५० बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्