Kathmandu Press

बाढीमा वेपत्ता दुईमध्ये एक बालिकाको शव भेटियो

म्याग्दी, असोज १३ ट्ठ बाढीमा बगेर वेपत्ता भएका दुईमध्ये एक बालिकाको शव भेटिएको छ। वेपत्ता बालिकाको खोजि भइरहेको छ।

शनिबार राति म्याग्दीको बे....

बाढीमा वेपत्ता दुईमध्ये एक बालिकाको शव भेटियो
फाइल फोटो

म्याग्दी, असोज १३ ट्ठ बाढीमा बगेर वेपत्ता भएका दुईमध्ये एक बालिकाको शव भेटिएको छ। वेपत्ता बालिकाको खोजि भइरहेको छ।

शनिबार राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले १० वर्षीया प्रवीना परियार र आठ वर्षीया अनुश्का परियारलाई बगाएको थियो। उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ। शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

स्थानीय माया परियारको घरमा बस्न गएका दुई बालिका बेपत्ता भएका थिए। बेपत्तामध्ये अनुश्काको अवस्था भने अझै थाहा हुन सकेको छैन।

खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटका दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ।

बाढीले बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ।

प्रकाशित मिति: १०:२४ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्