Kathmandu Press

कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माद्वारा पार्टी परित्यागको घोषणा 

काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन्। माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका...
कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माद्वारा पार्टी परित्यागको घोषणा 

काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन्। माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष समेत रहेका शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन्। 

शर्माले साधारण सदस्यसमेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका छन्। ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘अबदेखि आगामी दिनमा एक स्वतन्त्र नागरिकका रुपमा देश र जनताका लागि सामाजिक भूमिका निर्वाह गर्नेगरी अघि बढ्नेछु।'

उनी लुम्बिनी प्रदेश कमिटीको सदस्यको आकांक्षी थिए । कमिटीमा नपरेकै कारण उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन्। 

प्रकाशित मिति: १०:१७ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्