माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जाँदै
काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुर जाने भएका छन्। आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी...
काठमाडौं, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज जनकपुर जाने भएका छन्। आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्न प्रचण्ड जान लागेका हुन्।
जनकपुरस्थित तिरहुतियामा आयोजना कार्यक्रममा प्रचण्डले सम्बोधन गर्नेछन् । जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए।
सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ।
प्रकाशित मिति: ०९:५८ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











