Kathmandu Press

लिग-२ मा पपुवा न्युगिनीसँग भिड्दै नेपाल

काठमाडौं, चैत ८: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ।दुवईस्थित क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे नेपाल...
लिग-२ मा पपुवा न्युगिनीसँग भिड्दै नेपाल

काठमाडौं, चैत ८: आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

दुवईस्थित क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे नेपाल र पपुवा न्युनिगीबीच प्रतिस्पर्धा हुनेछ। यसअघि भएको खेलमा नेपालले पपुवा न्युनिगीलाई दुई विकेटले पराजित गरेको थियो।

यूएई भ्रमणमा रहेको नेपाली टोलीले अहिलेसम्म भएका तीन खेलमा एउटामा जित र दुईमा हार बेहोरेको छ। यूएईसँग भएका दुवै खेल हारेको हो।

पपुवा न्युगिनीले भने नेपालसँग हार बेहोरको थियो भने यूएईलाई पराजित गरेको थियो। आजको खेलमा दुवै टिम जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

प्रकाशित मिति: ०८:२८ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्