Kathmandu Press

रघुगङ्गाका सामुदायिक विद्यालयमा ‘बोल्ने किताब’बाट पढाइ

म्याग्दी, चैत ८ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को प्रयोग गर्न थालिएको छ।गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक...
रघुगङ्गाका सामुदायिक विद्यालयमा ‘बोल्ने किताब’बाट पढाइ

म्याग्दी, चैत ८ : म्याग्दीको रघुगङ्गा गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा बालबालिकालाई प्रविधिमैत्री शिक्षणका लागि ‘बोल्ने किताब’को प्रयोग गर्न थालिएको छ।

गाउँपालिकाभित्र रहेका ३३ सामुदायिक विद्यालयका आधारभूत तहको पठनपाठनलाई प्रविधिमैत्री बनाउनका लागि बोल्ने किताबलाई प्रयोगमा ल्याइएको जनाइएको छ। ‘बालबालिकाको इच्छा, प्रविधिमैत्री शिक्षा’ भन्ने नाराका साथ गाउँपालिकाभित्रका सबै विद्यालयमा कक्षा ५ सम्मका बालबालिकालाई पठनपाठनमा प्रयोग गर्ने गरी उक्त बोल्ने किताबलाई प्रयोगमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।

Hardik ivf

प्रतिसेट ६५ हजार रुपैयाँ लागतमा ३३ वटा बोल्ने किताबको सामग्री खरीद गरी सबै विद्यालयलाई उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।

गाउँसभाबाट विनियोजन भएको २२ लाख ६५ हजार बजेटबाट प्रविधियुक्त बोल्ने किताबको डिजिटल पुस्तक र विद्युतीय कलमलगायत सामग्री खरीद गरी शिक्षकलाई अभिमुखीकरणसमेत गरेर उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए।

विद्यालयले बालकक्षादेखि कक्षा ५ सम्म उक्त बोल्ने किताबलाई पालैपालो शिक्षणमा उपयोग गर्दै आएका छन्। प्रविधियुक्त बोल्ने किताब शिक्षण विधिले विद्यार्थीलाई आकर्षण गरेको रघुगङ्गा–३ को ज्ञानोदय माविका शिक्षक उर्मिला रेग्मीले बताइन्।

'मनोरञ्जन र ज्ञानवर्द्धक कुरालाई समेटिएको किताबमा कलमले देखाउँदा आफैँ बोलेर पढाउने भएकाले विद्यार्थीलाई थप उत्सुकता र मनोरञ्जन मिल्ने गरेको छ, शिक्षणमा प्रविधिको प्रयोगलाई बढवा दिन यसले थप प्रेरित गरेको छ,' उनले भनिन्। (रासस)

प्रकाशित मिति: ०७:५९ बजे, मंगलबार, चैत ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्