अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्दै
काठमाडौं, चैत ८ : अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्न लागेकी छन्।एमाले केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजत हुने कार्यक्रममा उनी एमालेमा प्रवेश गर्नलागेको...
काठमाडौं, चैत ८ : अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले)मा प्रवेश गर्न लागेकी छन्।
एमाले केन्द्रीय कार्यालय, काठमाडौंमा आयोजत हुने कार्यक्रममा उनी एमालेमा प्रवेश गर्नलागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए। अभिनेत्री मानन्धरले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी थिइन्।
डा. भट्टराईले जसपासँग एकीकरण गरेपछि उनी तटस्थ बसेकी थिइन्। अब एमालेमा प्रवेश गर्न लागेकी हुन्।
त्यस्तै, पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गर्ने भएका छन्। उनको नेतृत्वको समाजवादी जनता पार्टी नै एमालेमा समावेश हुने रिजालले बताए।
दुवै जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा प्रवेश गराउने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: ०७:४९ बजे, मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











