Kathmandu Press

निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत ७ : सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर...
निर्वाचन आयोगको आचारसंहिता खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, चैत ७ : सर्वोच्च अदालतमा निर्वाचित जनप्रतिनिधिले पुनः उम्मेदवार हुन पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता खारेजीको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगले तयार पारेको आचारसंहिता खारेज हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 
 
आयोगले बनाएको आचारसंहिता गैरकानूनी भएको तथा केन्द्र र प्रदेशको हकमा नपर्ने तर स्थानीय तहका प्रतिनिधिलाई मात्र लक्षित गरेर बनाइएको आचारसंहिता गैरकाकानूनी भएको रिट निवेदनमा छ ।

निर्वाचन आयोगले आगामी वैशाख ३० गते ७५३ वटै स्थानीय तहको निर्वाचन एकैपटक गर्ने तय गरेको छ भने निर्वाचनमा फेरि उठ्न चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको छ ।

प्रकाशित मिति: २०:१२ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्