राजदूत मारवानीले राष्ट्रपतिसँग गरे बिदाइ भेट

काठमाडाैं, चैत ७ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसैद सुलेमान अल मारवानीले आज शिष्टाचार बिदाइ भेट गरेका छन।
सो अवसरमा नेपाल र साउदी अरेबियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।
प्रकाशित मिति: १९:२८ बजे, सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












