Kathmandu Press

भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन

चितवन, चैत ७ : भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। महानगर क्षेत्रमा रहेका क्रियाशील...
भरतपुर महानगरमा प्रज्ञा प्रतिष्ठान गठन

चितवन, चैत ७ : भरतपुर महानगरपालिकाले भाषा, साहित्य, कला, संस्कृतिको उत्थान र श्रीवृद्धिका लागि प्रज्ञा प्रतिष्ठान गठन गरेको छ। महानगर क्षेत्रमा रहेका क्रियाशील प्राज्ञिक व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेका हुन।

प्रमुख दाहालले साहित्यकार इन्द्रप्रसाद रेग्मीलाई उपकुलपति पदमा मनोनयन गरेका छन। दाहालले साहित्यकारहरू केदारनाथ खनाल, प्रकाश चापागाईं र विष्णुदेवी तिवारी “उषा”लाई प्रज्ञा परिषद्को सदस्यमा मनोनित गरेका छन।

Hardik ivf

यसैगरी महानगरले प्रज्ञासभा सदस्यहरूमा अमृता रामदाम, डा एकनारायण पौड्याल, एलबी क्षेत्री, प्राडा कर्ण बानिया, डा केशवराज चालिसे, किसान प्रेमी, गायत्री श्रेष्ठ, डा धनेश्वर भट्टराई, प्राडा नारायणप्रसाद खनाल, पूर्णबहादुर अधिकारी, पोषराज पौडेल, भूपेन्द्र खड्का भूपिन, रमाकान्त सापकोटा, रामहरि श्रेष्ठ, शशीकिरण रेग्मी, रह शर्मा, श्रीराम महतो, सुरेन्द्र अस्तफल, हरि योञ्जन र होमनाथ भण्डारीलाई मनोनयन गरेको छ। महानगरपालिकाले कार्यपालिका सदस्यहरूमध्येबाट वडा नं २५ का वडाध्यक्ष विजय भुजेल र कार्यपालिका सदस्यहरू चक्र रूचाल र पवित्रा केसीलाई प्रज्ञासभा सदस्यमा मनोनयन गरेको छ।

यसैगरी प्रज्ञा परिषद् र प्रज्ञासभाको सदस्य–सचिवमा महानगरका अधिकृत छैटौँ बालकृष्ण थपलियालाई मनोनयन गरिएको महानगरपालिकाले जनाएको छ। गत पुस ८ गते सम्पन्न महानगरको दशौँ नगरसभाले भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान ऐन २०७८  पारित गरेसँगै प्रतिष्ठान गठन गर्ने कानुनी आधार खुलेको थियो।

ऐनबमोजिम प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको र समितिले सिफारिस गरेका व्यक्तिहरूमध्येबाट नगर प्रमुख रेनु दाहालले प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरू मनोनयन गरेका हुन। प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नगर प्रमुख र प्रज्ञासभा सदस्यहरूमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, एक जना वडाध्यक्षसहित तीनजना कार्यपालिका सदस्य, नगर शिक्षा अधिकारीसमेत रहनेगरी ३१ सदस्य प्रज्ञासभा रहने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: १९:०२ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्