निर्माणाधिन घरको पर्खाल भत्किएर मिस्त्रीको मृत्यु
काठमाडौं, चैत ७ : सिरहाको अर्नामा गाउँपालिका ३ स्थित रामबिलास यादवको निर्माणाधिन घरको पर्खाल भत्किदा मिस्त्री काम गर्ने सोही ठाउँ बस्ने ३० वर्षीय...
काठमाडौं, चैत ७ : सिरहाको अर्नामा गाउँपालिका ३ स्थित रामबिलास यादवको निर्माणाधिन घरको पर्खाल भत्किदा मिस्त्री काम गर्ने सोही ठाउँ बस्ने ३० वर्षीय दिपेन्द्र कुमार महत्तोको सोमबार बिहान मृत्यु भएको छ ।
घर निर्माणको क्रममा एक्कासी घरको पर्खाल भत्किँदा थिचिएर गम्भीर घाइते भएका उनको उपचारका लागि गोलबजारतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:५३ बजे, सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार