Kathmandu Press

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
Hardik ivf

काठमाडौं, चैत ७ : १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका २४ बस्ने जाजरकोट सिवालय गाउँपालिका ४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका २१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्