Kathmandu Press

तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन चैत ९ गते

काठमाडाैं, चैत ७ : युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ।क्लक...
तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन चैत ९ गते

काठमाडाैं, चैत ७ : युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले ‘कनेक्ट इन’को तेस्रो संस्करणअन्तर्गत तेस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन यही बुधबार आयोजना गरिने भएको छ।

क्लक वि बिजनेस इनोभेसन्स र काठमाडौंस्थित भारतीय दूतावासको सहकार्यमा यही चैत ९ गते सम्मेलनको आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सम्मेलनमा ३०० भन्दा बढी नेपाली तथा भारतीय स्टार्टअप, उद्यमी, लगानीकर्ता, विज्ञ, उच्चपदस्थ नेपाली तथा भारतीय अधिकारीको सहभागिता हुने बताइएको छ।

सम्मेलनमा उत्कृष्ट चार उद्यमीले नेपाल र भारतका प्रख्यात उद्यमीका बीच आयोजना हुने अन्तिम प्रतिस्पर्धामा आफ्नो व्यावसायिक विचार प्रस्तुत गर्ने नेपालका लागि भारतीय दूतावासका प्रथम सचिव अभिषेक उपाध्यायले जानकारी दिए।

सम्मेलनको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १८:२२ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्