Kathmandu Press

जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त हुँदैन : निर्वाचन आयोग

काठमाडाैं, चैत ७ : निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ।सोमबार काठमाडौंमा आयोजित नियमित...
जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त हुँदैन : निर्वाचन आयोग

काठमाडाैं, चैत ७ : निर्वाचन आयोगले निर्वाचनमा जाँदा उम्मेदवारहरुलाई समान मैदान दिन स्थानीय जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको जनाएको छ।

सोमबार काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्वतन्त्र, स्वच्छ र भयमुक्त वातावरणमा चुनाव गर्नु आयोगको दायित्व भएको भन्दै उम्मेदवार भएका सबैलाई समान मैदान उपलब्ध गराउन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्था गरिएको बताए।

बहालमा रहेकै अवस्थामा उम्मेदवार बन्दा राज्यको स्रोतसधान उपयोग गर्ने सम्भावना देखिएको र त्यही स्वस्थ प्रतिपर्धा नहुने देखेर राजीनामा दिनुपर्ने प्रावधान राखेको पनि उनले बताए। प्रवक्ता पौडेलले जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रिक्त नहुने पनि स्पष्ट पारे।

प्रवक्ता पौडेलले विगतको स्थानीय तह चुनावपछि गरिएको समीक्षामा प्राप्त सुझाव अनुसार नै मतपत्रको रङ हरियो राख्ने निर्णय गरिएको उल्लेख गरे। त्यस्तै उनले सातवटै प्रदेशमा निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनका लागि राजनीति दल तथा सरोकारवाला निकायसंग छलफल गरिने जानकारी दिए।

आयोगले दल दर्ताको काम सम्पन्न भइसकेको, मतदाता नामावली अद्यावधिकको काम अन्तिम चरणमा पुगेकाले मतदाता नामावली छपाइ, परिचयपत्र छपाइ, निर्देशिकाहरू छपाइलगायत काम अगाडि बढाइने जनाएको छ। 

प्रकाशित मिति: १८:१९ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्