Kathmandu Press

आगामी १० गतेदेखि ‘फ्लोरा एक्पो’

काठमाडाैं, चैत ७ : महामारीको त्रास कम भएसँगै दुई वर्षपछि यही चैत १० गतेदेखि १३ गतेसम्म २३औँ ‘फ्लोरा एक्पो–२०७८’ को आयोजना हुने भएको...
आगामी १० गतेदेखि ‘फ्लोरा एक्पो’

काठमाडाैं, चैत ७ : महामारीको त्रास कम भएसँगै दुई वर्षपछि यही चैत १० गतेदेखि १३ गतेसम्म २३औँ ‘फ्लोरा एक्पो–२०७८’ को आयोजना हुने भएको छ। पुष्पजन्य वस्तुको बजार विस्तार तथा प्रवद्र्धनका लागि गरिँदै आएको एक्पो कोरोना महामारीका कारण विगतका दुई वर्षदेखि हुन सकेको थिएन।

मेलामा जम्मा ६२ वटा प्रदर्शनी कक्ष रहने छन् भने जहाँ मौसमी फूल, आलङ्कारिक बोट बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, कृषि औजार उपकरण, थोपा सिँचाइ प्रविधि र आधुनिक पुष्प खेती प्रविधिको प्रदर्शन रहने  फ्लोरि कलचर एसोसिएसन नेपालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

Hardik ivf

मेलामा ४५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने तथा रु ७५ लाखसम्मको आर्थिक कारोबार हुने आयोजक संस्थाले अपेक्षा गरेको छ। हाल नेपालमा खपत हुने फूलमध्ये ९१ प्रतिशत नेपालमै उत्पादन हुन्छ भने अझै पनि ९ प्रतिशत फूल विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको संस्थाका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए।

महामारीकै कारण यसक्षेत्रका व्यवसायी अन्य पेसामा पलायन हुँदा गतवर्ष रु ३८ करोडको फूल आयात गर्नुपरेको थियो भने ४२ लाखको मात्रै निर्यात गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ। नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ। नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन्।

प्रकाशित मिति: १८:१० बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्