Kathmandu Press

विमान दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सको वेबसाइट ब्ल्याक एन्ड ह्वाइट

काठमाडाैं, चैत ७ : चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनापछि सो कम्पनीको वेबसाइट ब्ल्याक एन्ड ह्वाइट भएको छ।एयरलाइन्स कम्पनीहरूले दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली दिन यस्तो...
विमान दुर्घटनापछि चाइना इस्टर्न एयरलाइन्सको वेबसाइट ब्ल्याक एन्ड ह्वाइट

काठमाडाैं, चैत ७ : चाइना इस्टर्न एयरलाइन्सको दुर्घटनापछि सो कम्पनीको वेबसाइट ब्ल्याक एन्ड ह्वाइट भएको छ।

एयरलाइन्स कम्पनीहरूले दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली दिन यस्तो गर्ने गरेका छन्।

चाइना इस्टर्न एयरलाइन्सकाे कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको बोइङ ७३७ विमान साेमबार ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर विमान दुर्घटनामा परेको थियो।

न्युज एजेन्सी रोयटर्सका अनुसार पहाडमा ठोक्किनुअघि नै विमानमा आगो लागेको थियो। तर कति जना हताहती भयो भन्ने अझै खुलिनसकेको जनाइएको छ। सो विमानमा चालक दलका नौ सदस्यसहित १ सय ३२ जना सवार थिए। 

विमानमा सवार सबै यात्रुको मृत्यु भएको आशंका गरिएको छ।

प्रकाशित मिति: १७:४८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्