एमाले केन्द्रीय कमिटी बैठक चैत ९ र १० मा बस्ने
काठमाडाैं, चैत ७ : प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। त्यसका लागि ११ वटा...
काठमाडाैं, चैत ७ : प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। त्यसका लागि ११ वटा एजेन्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
सोमबार काठमाडौंमा बसेको एमाले पोलिटब्युरो बैठकले गरेका निर्णायबारे जानकारी दिँदै उनले स्थानीय तह निर्वाचनका उम्मेदवार छनाेटसम्बन्धी मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय भएकाे बताए।
पोलिटब्युरो बैठकबाट आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गर्ने निर्णय गरिएको उनकाे भनाइ थियाे।
बैठकले उम्मेदवार छनाेटका लागि ६ बुँदे मापदण्ड तयार गरेको उनले जानकारी दिए। त्यस्तै बैठकले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ।
सोही दिन केन्द्रको तर्फबाट चुनावी घोषणापत्र र सबै स्थानीय तहहरुले आआफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको गुरुङले बताए।
त्यस्तै पार्टीका सबै केन्द्रीय सदस्य आफ्ना मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णय पनि बैठकले गरेकाे छ।












