चैत १० गतेदेखि जावलाखेलमा पुष्प प्रदर्शनी
काठमाडौं, चैत ७ : २३औं फ्लोरा एक्सपो–२०२२ यही चैत १० देखि १३ गतेसम्म प्रदर्शनी हुने भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले प्रदर्शनी गर्न लागेको...
काठमाडौं, चैत ७ : २३औं फ्लोरा एक्सपो–२०२२ यही चैत १० देखि १३ गतेसम्म प्रदर्शनी हुने भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) ले प्रदर्शनी गर्न लागेको हो। पुष्प प्रदर्शनी जावलाखेलस्थित फुटबल मैदानमा हुनेछ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ यस पटकको नारा रहेको छ। प्रदर्शनीमा कुल ६२ वटा स्टल हुनेछन्। जसमध्य चार वटा अफिसियल स्टल, दुईवटा प्रतियोगी प्रदर्शनी स्टल र व्यावसायिक स्टक ५६ वटा हुनेछन्।
उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलङकारिक फूल, उत्कृष्ट फूल्ने विरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेसन) र उत्कृष्ट कट फ्लावर (जरबेरा) गरी करिब आठ विधामा प्रतियोगिता हुनेछ।
नेपाल पुष्प व्यवसाय विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको अध्यक्ष मीनबहादुर तामाङले बताए । प्रदर्शनीमा करिब ४५ हजारले अवलोकन गर्ने तथा ७५ लाससम्मको कारोबार हुने अनुमान गरिएको छ।
प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वाग्मती प्रदेश तथा कृषि विभागको सहयोग तथा सहकार्यमा हुने गइरहेको छ।












