Kathmandu Press

प्याजमा भारतीय प्रतिबन्धको असर नेपालमा, दशैंमा प्याज अभाव हुने

काठमाडौं, असोज १२ :  प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि नेपालमा झनै महँगो हुने भएको छ। दशैंको मुखमा भारत सरकारले प्याज निर्यातमा प्रति....

प्याजमा भारतीय प्रतिबन्धको असर नेपालमा, दशैंमा प्याज अभाव हुने
फाइल

काठमाडौं, असोज १२ :  प्याज निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि नेपालमा झनै महँगो हुने भएको छ। दशैंको मुखमा भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याज अभाव हुने भएको हो। 

नेपालमा सबैभन्दा धेरै प्याज भारतबाट आयात हुँदै आएको छ। हाल प्याजको मूल्य काठमाडौंमा प्रतिकेजी एक सय रुपैयाँ रहेको छ। ‘भारतले आयातमा प्र्रतिबन्ध लगाएसँगै नेपालमा प्याज महँगो मात्रै होइन अभवा हुनेछ,’ कालिमाटी तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठले भने। 

नेपालमा प्याजको उत्पादन एकदमै कम हुने भएकाले भारतमै निर्भर हुनु पर्ने हुन्छ। चीनबाट पनि नेपालमा प्याज आउने गरेको भएपनि नेपाली बजारमा भारतीय प्याजकै दबदबा छ।

काठमाडौंमा मात्रै भारतबाट दैनिक ८० देखि १ सय टन हाराहारी प्याज आयात हुने गरेको श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार प्याजको मूलय दोब्बर बढ्न सक्ने छ।
भारतको केन्द्र सरकारले विश्वभर आफ्नो प्याज निर्यातमा आइतबारबाट प्रतिबन्ध लगाएको छ।

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याजको निर्यात नीतिमा अर्को आदेश नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ। 
 

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, असोज १२, २०७६