Kathmandu Press

एमाले पोलिटब्यूरो बैठकमा कम्युनिस्ट एकताको प्रस्ताव

काठमाडौं, चैत ७ : नेकपा एमालेको पोलिटब्यूरो बैठकमा कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने विषय उठेको छ। नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले कम्युनिस्ट पार्टीहरुबीच...
एमाले पोलिटब्यूरो बैठकमा कम्युनिस्ट एकताको प्रस्ताव

काठमाडौं, चैत ७ : नेकपा एमालेको पोलिटब्यूरो बैठकमा कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने विषय उठेको छ। नेताहरु घनश्याम भुसाल र रघुजी पन्तले कम्युनिस्ट पार्टीहरुबीच एकता गरेर जानुपर्ने प्रस्ताव राखेका हुन्।

दुई नेताहरुले वामपन्थी दलहरुबीच एकता गरेर जानुपर्ने र त्यसको नेतृत्व नेकपा एमालेले गर्नुपर्ने प्रस्ताव राखेका हुन्। स्थायी कमिटी सदस्य समेत रहेका भुसालले पार्टी विभाजनको वैचारिक तथा सैद्धान्तिक कारण नभएको र बहुसंख्यक कार्यकर्ताहरुले कम्युनिस्ट पार्टीबीच एकता चाहेका कारण पुनः वाम शक्तिहरुलाई एकिकृत गर्नुपर्ने बताएका हुन्। 

उनले नेकपा एमाले एकताको मूल प्रवाह भएको र आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न पनि कम्युनिस्ट पार्टीहरुबीच एकता अनिवार्य रहेको बताएका छन्। 

भुसाल र पन्तको प्रस्तावमा अन्य नेताहरुले असहमति जनाएका छन्। उनीहरुले अन्य वामपन्थी दलका कार्यकर्तालाई एमालेमा ल्याउन गरि अगाडि बढ्नुपर्ने बताएका छन्। प्रचण्ड र माधव नेपालसँग भने कुनैपनि हालतमा एक भएर जान नसकिने उनीहरुको तर्क छ। 

प्रकाशित मिति: १६:३० बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्