Kathmandu Press

प्रतिफल आउने गरी काम गर्न सञ्चार मन्त्रालयकाे निर्देशन

काठमाडाैं, चैत ७ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा...
प्रतिफल आउने गरी काम गर्न सञ्चार मन्त्रालयकाे निर्देशन

काठमाडाैं, चैत ७ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले परिणाममुखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। मन्त्रालयद्वारा आज आयोजित मातहतका निकायसँगको बजेटसम्बन्धी छलफलमा सचिव डा. बैकुण्ठ अर्यालले जतिसक्दो पर्याप्त समय लिएर योजना बनाउँदै प्रतिफल आउने गरी काम गर्न निकायका प्रमुखलाई निर्देशन दिए।

'प्रस्ट योजना हुँदा हामीलाई पनि काम गर्न सजिलो हुन्छ, त्यसैले तपाईहरुले सबैभन्दा धेरै समय योजना तयारीमै लगाउनुहोस्, योजना बनाउँदा समस्याको पहिचान गर्नुहोस्, अनि मात्रै कार्यक्रम अगाडि बढाउन सजिलो हुन्छ,' सचिव अर्यालले भने।

Hardik ivf

बेरुजुसम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयलाई सेवा प्रवाहमा उपलब्धि हुने गरी सिर्जनात्मक सोचसहित प्रस्तुत गर्न अनुरोध गरे। कार्यक्रममा विभागीय प्रमुखले चालु आर्थिक वर्षमा भइरहेको कामको प्रगति विवरण र आगामी योजनाबारे सो अवसरमा आआफनो प्रस्तुति राखेका थिए।  

कार्यक्रममा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले ७५३ वटै स्थानीय तहमा रासस समाचारदाताको व्यवस्थापनका लागि न्यूनतम पारिश्रमिकको व्यवस्था गर्न मन्त्रालयसँग आग्रह गरे। नेपाल टेलिभिजनका महाप्रन्धक फूलमान बलले समावेशी कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट थप गर्नुपर्नेमा जोड दिए। 
    
कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक बुद्धिबहादुर केसी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमाललगायत मन्त्रालय अन्तर्गतका विभिन्न विभागीय प्रमुखले कार्य प्रगति र योजना प्रस्तुत गरेका थिए। 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्