Kathmandu Press

मलद्वारमा लुकाएर सुन ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, चैत ७ : त्रिभुवन विमानस्थलबाट १ किलो २६८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा...
मलद्वारमा लुकाएर सुन ल्याउने भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, चैत ७ : त्रिभुवन विमानस्थलबाट १ किलो २६८ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन्। 

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन गेटबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ परेका मेहरालाई भन्सार क्षेत्र नजिकै रहेको शौचालयमा पुर्याई शौच गर्न लगाउँदा मलद्वारबाट हरियो रंगको टेपले बेरिएको बेलनाकार रुपमा बनाइएको अर्धठोस सुन भेटिएको विमानस्थल प्रहरीले जानकारी दिएको छ। 

पक्राउ परेका उनलाई बरामद सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले  जानकारी दिएकाे छ ।
 

प्रकाशित मिति: १५:४२ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्