मेलम्चीको जिम्मा सिनो हाइड्रोलाई, अर्को दशैंसम्म काठमाडाैंमा पानी आइपुग्ने
काठमाडौं, असोज १२ : सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको छ।
सुरुङमार्ग नि....
काठमाडौं, असोज १२ : सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको छ।
सुरुङमार्ग निर्माणबारे आइतबार मेलम्ची खानेपानी आयोना र सिनो हाइड्रोबीच सम्झौता भएको छ। एक वर्षभित्र काम सम्पन्न गर्ने सर्तसहित आइतबार दुई पक्षीय सम्झौता भएको हो।
सरकारले सिनो हाइड्रोलाई दिएको समयसीमामा काम सम्पन्न भए अर्को दशैंमा काठमाडौंमा मेलम्चीको पानी आउने छ। सम्झौता अनुसार चिनियाँ कम्पनीले असोज २६ गतेदेखि काम सुरु गर्नेछ।
थोरै मात्रै काम बाँकी रहेकाले निर्धारित समयभन्दा अघि नै काम सम्पन्न गरे प्रोत्सहान भत्ता समेत चिनियाँ कम्पनीले पाउने छ। इटालीयन कम्पनी सीएमसी काम छाडेर भागेपछि मेलम्चीको काम अघि बढ्न सकेको थिएन।
आयोजनाका निर्देशक तथा प्रवक्ता राजेन्द्र पन्तले तोकिएको समयसीमा भन्दा अघि काम सम्पन्न गरे कम्पनीलाई प्रोत्सहान स्वरुप दिन गन्ती गरेर दैनिक १२ लाखभन्दा बढी दिने समेत जानकारी दिए।
कुलेखानी तेस्रोमा समेत कम्पनीले काम गरिसकेकाले मेलम्चीमा पनि काम गर्नेमा नेपाल सरकार ढुक्क देखिन्छ। कम्पनीले निर्माणाधीन तनहुँ हाइड्रोमा समेत काम गरिरहेको छ। मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा डिभिजन गरेर ठेक्का लगाएको थियो।






