बाँके, माघ २२ : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।बाँके, माघ २२ : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।बाँके, माघ २२ : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।
Kathmandu Press

बाघको आक्रमणबाट बृद्धको मृत्यु

बाँके, माघ २२ : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।

बाघको आक्रमणबाट बृद्धको मृत्यु

बाँके, माघ २२ : बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।

त्यस्तै बाघकाे आक्रमणमा परी स्थानीय वासिन्दा ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ ।

Hardik ivf

बाघकाे आक्रमणबाट घाइते दुवैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएकाे थियाे । उनीहरुमध्ये शाहीको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकेन्द्र कार्कीका अनुसार गौघाटबाट सीतापुर जाने पक्की पुलको बाटोमा सोमबार साँझ उनीहरुमाथि पाटेबाघले आक्रमण गरेको थियो । नहर छेउ नजिकै रहरबारीमा रहेको पाटेबाघले स्थानीय चन्द्रबहादुर शाहीलाई आक्रमण गरेको हो ।

“शाहीलाई बाघले आक्रमण गरेलगत्तै पुनः विजय बुढामाथि बाघ जाइलागेको थियो”, स्थानीयवासी गणेश राई भने । सो क्षेत्रमा सुरक्षाका लागि इलाका प्रहरी चौकी मैनापोखर, प्रहरी चौकी जमुनी र सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पबाट सुरक्षाकर्मी घटनास्थलमा खटाइएको थियो ।

प्रकाशित मिति: १०:५८ बजे, मंगलबार, माघ २२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्