Kathmandu Press

चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

बेइजिङ, चैत ७ : चीनमा १ सय ३३ जना यात्रु बोकेको विमान दुर्घटना भएकाे छ।उक्त यात्रुवाहक विमान चीनको दक्षिणपश्चिम क्षेत्रमा दुर्घटनाग्रस्त भएको हाे।...
चीनमा १३३ जना यात्रु बोकेको विमान दुर्घटना

बेइजिङ, चैत ७ : चीनमा १ सय ३३ जना यात्रु बोकेको विमान दुर्घटनामा परेकाे छ।

कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको विमान ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर उक्त विमान दुर्घटनामा परेको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सिसिटिभीले सोमबार जनाएकाे उल्लेख छ।

१६२ सिट क्षमताकाे चाइना इस्टर्न बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहरनजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको छ।

अहिले उद्धार टोली घटनास्थलमा पुगेका छन्। घटनाको विस्तृत विवरण आउन भने बाँकी छ। सम्बन्धित एयरलाइन्सले पनि दुर्घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

प्रकाशित मिति: १४:३७ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्