Kathmandu Press

नवौं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार : मन्त्री गहतराज

काठमाडाैं, चैत ७ : खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन्।सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक...
नवौं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार : मन्त्री गहतराज

काठमाडाैं, चैत ७ : खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुदको तयारीमा सरकार जुटेको बताएका छन्।

सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद्को ५८औं वार्षिकोत्सव तथा नयाँ प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भइसकेको र छिटै अर्थ मन्त्रालयमा पेस गर्ने बताएका हुन्।

जेष्ठ १५ भित्रै राष्ट्रिय खेलकुद सम्पन्न गर्दै एसियन गेमको तयारीमा जुट्नका लागि छलफल भइरहेको उनको भनाइ छ। मन्त्री गहजरातले आगामी आर्थिक बर्षमा खेलक्षेत्रलाई प्रभावकारी बनाउन पर्याप्त बजेट विनियोजनका लागि प्रतिबद्ध रहेको धारणा राखे।

खेल क्षेत्रको लगानी अपर्याप्त रहेकाले नै यस क्षेत्रको प्रभावकारी विकासका लागि समस्या भएको उनको भनाइ थियाे। कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्