‘सन् २०२७ सम्म जातीय विभेद शूून्यमा झार्ने योजना छ’
काठमाडाैं, चैत ७ : राष्ट्रिय दलित आयोगले जातीय विभेद न्यूनीकरणका लागि रणनीतिक योजना बनाइरहेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए।‘जातीय विभेद न्यूनीकरण मात्र होइन,...
काठमाडाैं, चैत ७ : राष्ट्रिय दलित आयोगले जातीय विभेद न्यूनीकरणका लागि रणनीतिक योजना बनाइरहेको आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए।
‘जातीय विभेद न्यूनीकरण मात्र होइन, शूून्यमा छार्ने प्रयास भइरहेको छ,’ उनले काठमाडौं प्रेसकर्मी सरिशा अछामीसँगको टेलिफोन वार्तामा भने, ‘जातीय विभेद न्यूनीकरण गर्न पाँच वर्षे योजना बनाइरहेका छौँ, सन् २०२२ देखि २०२७ सम्म जातीय विभेद शूून्यमा झार्ने योजना छ।’
प्रत्येक वर्ष मार्च २१ लाई ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूूलन दिवस’का रूपमा मनाइन्छ। यो वर्ष ५७औँ ‘अन्तर्राष्ट्रिय जातीय विभेद दिवस’ मनाइरहँदा पनि जातीय विभेद कायम रहेको भनिरहनुपर्दा आफूलाई दुःख लाग्ने गरेको उनले बताए।
अब कानुनी रूपमा अन्त्य भएको जातीय भेदभाव तथा छुवाछुतविरुद्ध सामूहिक रूपमा आवाज उठाउँदै कानुन बमोजिम दोषीलाई सजाय दिलाउन लड्नु नै अबको अभियान भएको अध्यक्ष विश्वकर्माको भनाइ छ।
‘अब कानुनमा अन्त्य भएको जातीय विभेद समाजबाट हटाउनु नै दलित समुदायको अभियान हो,’ अध्यक्ष विश्वकर्माले भने, ‘अब विभेद सहने होइन, विद्रोह गर्ने बेला भएकै हो।’











