Kathmandu Press

स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्च भइरहेको छ : ओली

काठमाडाैं, चैत ७ : एमाले अध्यक्ष केपी ओलीले सरकारले स्थानीय तहको निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।आज (सोमबार) काठमाडौंमा सुरू भएको एमालेको...
स्थानीय तहको निर्वाचन सार्ने प्रपञ्च भइरहेको छ : ओली

काठमाडाैं, चैत ७ : एमाले अध्यक्ष केपी ओलीले सरकारले स्थानीय तहको निर्वाचन सार्ने प्रयास भइरहेको आरोप लगाएका छन्।

आज (सोमबार) काठमाडौंमा सुरू भएको एमालेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पालामा नियुक्त भएका तीन निर्वाचन आयुक्तको नियुक्ति बदर गरेर निर्वाचन सार्ने प्रयास भइरहेको बताएका हुन्। त्यसका लागि सर्वोच्च अदालतमा विचारधीन संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दालाई हतियार बनाउने प्रयास भइरहेको दाबी उनले गरे।

Hardik ivf

‘स्थानीय तहको निर्वाचन सार्ने प्रयास भइरहेको छ। सरकार र निर्वाचन आयोगबीच संवाद भइरहेको छ,’ उनले भने।  उक्त नियुक्ति बदर भए दुईजना आयुक्तले मात्र निर्वाचन गर्न नसक्ने भन्ने परिस्थिति सिर्जना गर्न खोजिएको उनले बताए। ‘तीन निर्वाचन आयुक्तको नियुक्ति बदर गरिदियो भने बाँकी दुई आयुक्तले मात्रै निर्वाचन गराउन सक्दैन भन्न लगाउने प्रयास भइरहेको छ,’ उनले भने।

ओलीको नेत्वमा रहेको तत्कालीन सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर २०७७ मंसिर ३० गते बसेको संवैधानिक परिषद्‌को बैठकमार्फत संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न सिफारिस गरेको थियो। त्यसकै आधारमा संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको थियो।

त्यसविरुद्ध सर्वोच्च अदालतमा परेकाे रिटकाे चैत ४ गते संवैधानिक इजालसमा सुनुवाइपछि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको अर्को सुनुवाइ चैत ९ गते हुनेछ।

आयोगमा प्रमुख निर्वाचन आयुक्त निर्वाचन दिनेशकुमार थपलिया छन् भने आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा छन्। उनीहरूमध्ये भण्डारी, तुलाधर र जबरा ओली सरकारका पालामा नियुक्त भएका हुन्। उनीहरूको नियुक्तिविरुद्धको मुद्दा सर्वोच्चमा विचारधीन छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोग तीव्रताका साथ जुटिरहेको छ।

प्रकाशित मिति: १३:३८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्