Kathmandu Press

शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

राप्तीसोनारी, चैत ७ : बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ। कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई...
शिक्षामा सुधार ल्याउन छात्रालाई साइकल

राप्तीसोनारी, चैत ७ : बाँकेको राप्तीसोनारी गाउँपालिकाले शिक्षामा सुधार ल्याउन माध्यमिक तहमा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ। 

कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई साइकल वितरण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनका अनुसार, राप्ती सोनारीमा यसवर्ष एक हजार १७  छात्रालाई साईकल वितरण गर्ने योजना छ। 

Hardik ivf

‘यसवर्षबाट छात्रालाई साईकल वितरण गरेर यो कामको सुरुवात गरेका छौं, आगामी वर्षबाट छात्रले पनि पाउनु हुनेछ,’ उनले भने। गाउँपालिकाले आईतवार वडा नं. ९ स्थित गणेश माध्यमिक विद्यालयका ७८ छात्रालाई साईकल हस्तान्तरण गरेको छ । 

विद्यालयका कुल ९७ जना छात्रालाई साइकल वितरण गर्ने योजना रहेको गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले बताए। 

प्रकाशित मिति: १३:१९ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्