Kathmandu Press

जातीय विभेद उन्मूलन दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, चैत ७ : ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद...
जातीय विभेद उन्मूलन दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं, चैत ७ : ५७औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।

संयुक्त राष्ट्र सङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने घोषणा गरेको थियो।

नेपालले भने यो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो। तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ।

दिवसका अवसरमा विभिन्न संघ संस्थाले संयुक्त रुपमा काठमाडौंको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म प्रभातफेरीको आयोजना गरेका थिए।

प्रभातफेरीपछि आयोजित सभामा सरोकारवालाहरुले जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद उन्मूलन दिवस मनाउन थालेको दुई दशक पुग्दा विभेद उन्मूलनका लागि प्रभावकारी काम गर्नुपर्ने बताए। दलित समुदायका व्यक्तिमाथि अझै पनि कुनै न कुनै रुपको विभेद भइरहेको उनको भनाइ छ।

जातीय भेदभाव गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था भए पनि जातीय भेदभाव तथा छुवाछुतका घटना भइरहेका छन्।

२०६२/६३ सालको जनआन्दोलन पछि पुनस्थापित संसद्ले २०६३ साल जेष्ठ १६ गते नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको थियो। तर अहिले पनि छुवाछूतका घटना हुने गरेका छन्।

 

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्