Kathmandu Press

प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण

काठमाडौं, चैत ७ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको...
प्रदेश प्रमुख परियारद्वारा पाँच विधेयक प्रमाणीकरण
Hardik ivf

काठमाडौं, चैत ७ : कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । 

उनले आइतबार ‘प्रदेश स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’, ‘कर्णाली प्रदेशभित्रको राष्ट्रिय वन संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ प्रमाणीकरण गरेका हुन्। 
    
नेपालको संविधानको धारा, २०१ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख परियारले ती विधेयक प्रमाणीकरण गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्