प्रधानमन्त्री देउवा माेरङबाट पाँचथर हुँदै खाेटाङ जाने
काठमाडौं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवा खोटाङ प्रस्थान गरेका छन्। उनी दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न खोटाङ...
काठमाडौं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवा माेरङ पुगेका छन्। उनी माेरङबाट पाँचथर हुँदै खाेटाङ जाने कार्यक्रम छ।
उनले माेरङकाे सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गरेका छन्। त्यसपछि जिल्लाकै केही कार्यक्रममा सहभागी भएर उनी पाँचथर जानेछन्।

प्रधानमन्त्री देउवाले पाँचथरमा लिफ्टिङ प्रविधिबाट बनाइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो कार्यक्रम सकिएपछि उनी खोटाङ जानेछन्।
खाेटाङकाे दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गरेपछि उनी काठमाडाैं फर्कनेछन्।
प्रकाशित मिति: १२:३२ बजे, सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











