Kathmandu Press

सुनको मूल्य सामान्य वृद्धिः चाँदीको स्थिर

काठमाडौं, चैत ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ। उक्त सुन...
सुनको मूल्य सामान्य वृद्धिः चाँदीको स्थिर

काठमाडौं, चैत ७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९९ हजार ५०० पुगेको छ। उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । उक्त सुन आइतबार प्रतितोला रु ९८ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३७५ कायम रहेको महासङ्घले जनाएको छ।

अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२६ डलर आसपासमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:५५ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्