Kathmandu Press

प्रधानमन्त्री देउवा आज खोटाङ जाँदै 

काठमाडौं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ जाने भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन...
प्रधानमन्त्री देउवा आज खोटाङ जाँदै 

काठमाडौं, चैत ७ : प्रधानमन्त्री शेरबहादुर देउवा आज खोटाङ जाने भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको लगानीमा साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न उनी खोटाङ जान लागेका हुन्। 

प्रधानमन्त्री देउवाले मध्याह्न साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए। उद्घाटन कार्यक्रम सकिएलगत्तै उनी काठमाडौँ फर्कने कार्यक्रम छ । 

साप्सुखोलामा पक्की पुल गत साउनमा निर्माण गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने उक्त पुल रु पाँच करोड ६० लाखमा निर्माण गरिएको हो । 

विसं २०७६ असार ११ गते शिलान्यास गरिएको सो पुल ४० मिटर लामो छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा छोटो सडक मार्गमा पर्ने साप्सुखोलामा तोकिएको समय अगाडि नै पुल निर्माण गरिएको हो । 

पुल निर्मणपछि दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई आवतजावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानी गर्न सहज भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थललाई सडक सञ्जालसँग जोड्ने गरी साप्सुखोलामा पक्की पुल निर्माण गरिएको हो। 

प्रकाशित मिति: १०:३९ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्