Kathmandu Press

रेडपान्डाको छालासहित चार पक्राउ

नेपालगञ्ज, चैत ७ :  प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट पक्राउ गरिएको हो।...
रेडपान्डाको छालासहित चार पक्राउ

नेपालगञ्ज, चैत ७ :  प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अञ्जना होटलबाट पक्राउ गरिएको हो। पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक बोहरा र वडा नं ११ का रामकृष्ण शाही तथा ठूलोभेरी नगरपालिका–१ का सुकराम विक रहेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

Hardik ivf

होटलमा प्लाष्टिकको बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरीले दुई थान रेडपान्डाको छालासमेत बरामद गरेको छ।

पक्राउ परेका चारैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ (१) बमोजिमको पाँच लाखदेखि १० लाखसम्म जरिवाना तथा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने न्यौपानेले बताए।

 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, चैत ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्