Kathmandu Press

लिग-२ मा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं, चैत ७ : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ।दुबईस्थित क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे नेपाल...
लिग-२ मा आज नेपाल यूएईसँग भिड्दै

काठमाडौं, चैत ७ : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ।

दुबईस्थित क्रिकेट मैदानमा आज बिहान ११ः१५ बजे नेपाल र यूएईको खेल हुनेछ। यसअघि भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो।

आज नेपालले अघिल्लो खेलको बदला लिन मैदानमा उत्रिनेछ। आइतबार भएको खेलमा यूएई पपुवा न्युगिनीसँग पराजित भएको छ।

नेपालले पहिलो खेलमा पपुवा न्युनिगीलाई दुई विकेटले पराजित गरेको थियो। यस प्रतियोगितामा नेपाल आज तेस्रो खेलमा प्रतिस्पर्धा गर्न लागेको हो।

 

प्रकाशित मिति: ०७:५३ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्