Kathmandu Press

प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यू

विराटनगर, चैत ७ : स्थानीय विद्यालयमा उत्पन्न विवाद बढ्दै जाँदा भएको झडपमा प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङ नगरमा कर्फ्यू जारी गरिएको छ।जिल्ला प्रशासन...
प्रहरीको मृत्युपछि मोरङको लेटाङमा बिहानैदेखि कर्फ्यू

विराटनगर, चैत ७ : स्थानीय विद्यालयमा उत्पन्न विवाद बढ्दै जाँदा भएको झडपमा प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङ नगरमा कर्फ्यू जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्म कर्फयू लागू गरेको हो।

आइतबार भएको घटनामा थप क्षति हुन नदिन कर्फ्यू लागू गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार लेटाङ नगरपालिकाको वडा नं ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरङ्गी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यू जारी गरिएको छ।

आइतबार लेटाङ नगरपालिका ५ खेरुवास्थित शिक्षा विकास माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार भएको घटनामा विवाद उत्पन्न भएको थियो। दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई जोगाउन खोज्दा स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेका थिए।

स्थानीय बासिन्दाको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपमा प्रहरी र विद्यार्थी घाइते भएका छन्।

लेटाङ क्षेत्रको स्थिति बिग्रन नदिन आज बिहानैदेखि कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, चैत ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्