Kathmandu Press

अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो पदार्थ सहित पक्राउ

काठमाडौं, चैत ६ : अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित...
अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने पहेंलो पदार्थ सहित पक्राउ

काठमाडौं, चैत ६ : अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १ किलो २ सय ६८ ग्राम सुन जस्तो देखिने पहेंलो अर्धठोस पदार्थ सहित भारतीय नागरिक राहदानी नम्बर टी ७२६९०९१ वहाक ३८ वर्षीय सुबम मेहरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुबमको गतिविधि संकास्पद देखिकोमा उनलाई उक्त विमानस्थलमा खटिएको प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा मलद्वारमा टेपले बेरी ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

बरामद उक्त पदार्थ सहित उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइएको छ ।   

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्