Kathmandu Press

विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला

विभिन्न स्थानमा गरी तीन जना मृत अवस्थामा फेला

काठमाडौं, चैत ६ : ललितपुरको ललितपुर महानरगपालिका १४ सातदोबाटो बुढाथोकी टोल डेरा गरी बस्ने सप्तरी त्रिहुत गाउँपालिका घर भएका ४७ वर्षीय बद्री खंग आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी बस्ने ५७ वर्षीया मैना राई आफ्नै  घरदेखि करिब १ सय ५० मिटर टाढा खरबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छन् ।

Hardik ivf

शुक्रबारदेखि हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त खरबारीमा शव फेला परेको हो । यता, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ कालिका बजार डेरा गरी बस्ने डोटी बढीकेदार गाउँपालिका ४ घर भएका टेक बहादुर लामाको छोरा १२ वर्षीय चित्र बहादुर लामा आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, चैत ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्