माओवादी केन्द्र परित्याग गरेका विष्ट एमालेमा प्रवेश
काठमाडौं, चैत ६ : माओवादी केन्द्रबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक...
काठमाडौं, चैत ६ : माओवादी केन्द्रबाट निलम्बनमा परेका ठम्मरबहादुर विष्ट एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गरेका हुन् ।
विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर करिब दुईसय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश सभा सदस्य र पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।
गत फागुन २७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीबारे प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगेकै दिन विष्टले पार्टीसँगै सांसद पद त्यागेका थिए ।











